युवा नेता धिरज गुप्ताले बि•पी• उद्यानको विषयमा जनाएको बिरोधमा नेपाली कांग्रेस् पर्साद्वारा विज्ञप्ति जारी


बिरगंज । बिरगंज महानगरको स्वामित्वमा रहेको वि.पि उधानको निर्माण अवैज्ञानिक तरिकाले भइरहेको प्रती केही दिन देखि नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले बिरोध गर्दै आएकोमा उक्त बिरोधको समर्थन गर्दै नेपाली कांग्रेस पर्सा जिल्लाले बिज्ञप्ती जारी गरेको छ।

कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले आज एक विज्ञप्ति जारी गर्दै उक्त वीरगंज घण्टाघरको उत्तर तर्फ रहेको वी.पी.उधानको नाममा रहेको जग्गामा केहि दिन देखि पार्कको मूल संरचनानै निर्माण नगरि, पार्किङ्ग एरीया मात्र भनेर वी.म.न.पाले अवैज्ञानिक तरीकाले जमीन माथीको सतह ढलान गरिरहेको जनताको जनगुनासो बर्दै गएको छ।
नेपाल सरकारले पार्क बाहेक अन्य कुनै प्रयोजनमा उपयोग गर्न नपाईने भनेर मालपोतको लालपुर्जामा समेत उल्लेख गरिएकोलाई बेवास्ता गर्दै वी.म.न.पाले पार्कको संरचनानै ध्वस्त गर्न लागेको हो कि भन्ने जनमानसमा शंका उत्पन्न भएको उल्लेख गरिएको छ ।























