दुर्घटना

सुनवलमा बस र ट्रक ठोकिदा १७ जना घाईते

दिप्शन गुरुङ
२०८१ पुस ५ | मध्यान्ह ०८:०९ बजे

परासी । सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिदा १७ यात्रु घाइते भएका छन भने १३ जनाको अवस्था गम्भीर रहेको छ।

बर्दघाटबाट बुटवलतर्फ जादै गरेको लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भइ विपरित दिशाबाट आएको सुदुरपश्चिम ००१ ख २४४२ नं को ट्रकसंग ठोकिन पुगेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परी माइक्रोबसमा सवार १७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ । घाइतेको देवदह भलुहीस्थित देवदह मेडिकल कलेजमा उपचार भैरहेको जनाइएको छ ।

सवारी चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसान्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु