रामेछापमा प्रचलित भाडादर भन्दा बढी भाडा असुल्ने सार्बजनिक सवारी साधनलाई ट्राफिक प्रहरीको कारबाही


काठमाडौ । रामेछाप जिल्ला भएर चल्ने निम्न सवारी साधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त प्रहरी टोलीले आईतबार पनि नियमित चेकजांच गर्ने क्रममा निम्न सवारी साधनहरुबाट प्रचलित भाडादर भन्दा बढी भाडा लिएको पाईएकोले कारबाही गरिएको छ ।
कारवाहीमा पर्ने सार्वजनिक सवारी साधना हरु यस प्रकार रहेको छ । १.बा.५ ख.८६८५ नं.को बस खुर्कोट बाट मन्थलीको प्रचलित भाडादर रु ८० रहेकोमा रु २०० लिएकोले रु.१२०फिर्ता गरेको । २.बा.५ ख.५८१७ नं.को बस गोठगांउबाट मन्थली सम्मको प्रचलित भाडादर रु रु १५० रहेकोमा २ जना यात्रुबाट रु ६०० लिएकोले रु ३०० फिर्ता गरेको ।
३.प्र.-३-०२-००६ ख.०६०४ नं.को बस काठमाण्डौबाट मन्थलीको प्रचलित भाडादर रु ५०० रहेकोमा २ जना यात्रुबाट रु १५०० लिएकोले रु ५०० फिर्ता गतेको,सोही बसले काठमाण्डौबाट तिल्पुङ सम्मको प्रचलित भाडादर रु ६०० रहेकोमा १ जना यात्रुसंग रु ८०० लिएकोले रु २०० फिर्ता गरेको र सोही बसले काठमाण्डौ बाट रस्नालु सम्मको प्रचलित भाडादर रु ७०० रहेकोमा,१ जना यात्रुबाट रु १५०० लिएकोले रु ८०० फिर्ता गरेको ।
साथै प्रचलित भाडादर भन्दा बढी भाडालिने सवारी साधनहरुलाई प्रचलित नियम अनुसार अधिकतम ट्राफिक जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।























