खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दा नगर स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

उमेश रोकाया
२०८१ पुस २ | मध्यान्ह ०६:०९ बजे

बाजुरा, पुष ०२ । स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगर स्तरीय ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समुद्घाटन भएको छ ।बुढिनन्दा नगरपालिकाको आयोजना तथा जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज पुस २ गते मंगलबारदेखि खेल सुरु भएको हो ।नगरप्रमुख जनक कुमार बोहराको अध्यक्षतामा प्रमुख अथिति नेकपा एमाले संघिय सरकारका माननीय  दयाल बहादुर शाहि रहनुभएको थियो ।

उहाँले पानसमा बत्ति बालेर कार्यक्रमको समुद्धाटन गर्नुभएको थियो। बुढिनन्दा नगरपालिका भित्र रहेका बिद्यालयहरु बिभिन्न बिधाका खेलहरुमा  बिचको खेल क्षेत्रमा प्रतिस्पर्धा हुने छ । जन प्रकाश माविको खेलमैदानमा आज देखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अथितिले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो । प्रतियोगिता जित्ने विद्यार्थीलाई नगरपालिकाले पुरस्कृत गर्ने उहाँले बताउनुभयो ।  

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले  माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताउनुभयो। उहाँले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका खेलाडीले  प्रतियोगितामा भाग लिने बताउनुभयो ।प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका ५ विद्यालयका करिब ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। यस वर्षको राष्ट्रपति रनिङ शिल्ड आजबाट सञ्चालन भएको छ ।

राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरका विद्यार्थीहरुको खेलकुद प्रतिभा पहिचान गर्ने, विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराई शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान दिने गरी प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने पालिकाको उद्देश्य रहेको नगरप्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

प्रतियोगीताले बालबालिकाहरुमा खेलकुद प्रतिको रुचि बढाउनुका साथै शारीरिक शिक्षालाई प्राथमिकता दिने रहेको बताउनुभयो ।राष्ट्रपति रनिङ शिल्डमा भलिबल, कबड्डी, दौड, रिले दौड, लामो हाम, उच्च हाम, गोला फाल, चक्का फाल र भाला फाल हुने भएका छन् ।यस अघि जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्डमा प्रथम जनप्रकाश माबि भएको थियो ।

कमेन्टहरु