देश

डिभिजन वन कार्यालयले लहानमा आँप र लिच्चीको बिरुवा धमाधम वितरण गरिदैँ

जगत ठाडा मगर
२०७८ असार २७ | मध्यान्ह ०६:०३ बजे

विसुन देव सरदार
सिरहा । सिराहाको लहानमा अवस्थित डिभिजन वन कार्यालयले आजबाट आँप र लिच्चीको बोटबिरुवा धमाधाम नि:शुल्क वितरण गरिदैँ जानकारी प्राप्त भएको छ।

कार्यालयले गएको शुक्रबार १६ सय आँप र १ हजार लिच्चीको बिरुवा मगाएका थिए। शनिबार विदा भएकाले बिरुवा वितरण गरेन्न।

आज आईतबार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म बिरुवा वितरण गरिएको हो ।
बिरुवा वितरणको काम भोलि पनि बिहान १० बजेदेखि राखिएको हो ।
बिरुवा लिन जिझौल बोर्डरसम्मको धुइँचो देखिएका थिए। वितरण हुने बिरुवाहरुमा मालद , कलकतिया , अम्रपाली , किसुनभोग , साथै लिच्चीको बरुवा वितरण गरिएको हो ।

आज ४९० जनालाई प्रति व्यक्ति २ अोटा बिरुवा आँप र २ ओटा लिच्ची वितरण गरिएको डिभिजन वन कार्यालय सिरहा लहानका प्रमुख शुभाष चन्द्र दासले बताए ।

प्रमुख दासका अनुसार वातावरण स्वच्छ र सुरक्षित बनाउन साथै रुख बिरुवा मानव जीवनका लागि अपरिहार्य रहेकाले बिरुवा वितरण गरिएको हो ।

कमेन्टहरु