अर्थ, तस्कर, मधेश प्रदेश, मुख्य समाचार

पर्साको अमरपटी नाकामा प्रहरीकै अगाडीबाट यसरी हुन्छ खुल्याम तस्करी

उमेश दुबे
२०८१ पुस २ | बिहान १०:०९ बजे

उमेश दुबे
पर्सा, २ पौष / तस्करीको सेन्डिगेट मिले पश्चात तस्करहरुका लागि ड्युटीमा खटिएको न त नेपाल प्रहरी नै हेर्छन न त सशस्त्र प्रहरी नै । त्यसको जल्दो बल्दो उदाहारण बनेको छ, पर्सा जिल्लाको अमरपटी अर्थात इटियाही नाका । बिगत लामो समयदेखि अमरपटीबाट बन्द रहेको तस्करीको लाइन नेपाल प्रहरी र सशस्त्र प्रहरीको आर्थिक मोहका कारण पुनः सुचारु भएको पाइएको हो ।
सीमा नाकाको सुरक्षा संगै शान्ति सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको आर्थिक मोहका कारण अमरपटी नाका दिनानुदिन तस्करहरुको हबमा परिणत हुदै गएको प्रहरीहरु नै बताउछन । प्रहरी श्रोतका अनुसार स्थानीय प्रहरी चौकीहरुका साथै बोर्डर आउट पोष्ट इटियाहीको प्रमुखलाई समेत तस्करहरुले लाखौ रुपैया भेटी चढाए पश्चात तस्करी कार्य पुनः सुचारु भएको बताएका छन । बिगत एक महिना अगाडी अमरपटी नाकाको झौवा भन्ने स्थानबाट नेपाल प्रहरीले छापा हानि एक सय दुई बोरा लहसुन पक्राउ गरे पश्चात तस्करी बन्द रहेको र हालको समयमा आर्थिक मोहमा परेका कारण तस्करी कार्य पुनः सुचारु भएको, उनले बताए ।
अमरपटी नाका हुदै चल्लाको कुख्यात तस्कर धन्नजय नामक चल्ला तस्करले तस्करी गर्न जिम्मा पाएका छन भने लहसुनको काम उतम भनिनेले जिम्मा पाएको प्रहरी श्रोत बताउछन । उनका अनुसार त्यति मात्र नभई कस्मेटिक समाग्रीको काम संदिप नामकले गर्दै आएको, उनले बताए । ठुला वडा तस्करको रुपमा तिन जना र साना तिना गरी ८२ जना तस्करहरुले जिम्मा पाएको, प्रहरी श्रोत बताउछन । तस्करहरुको कार्य सुरु भए दिनदेखि नै साना दर्जाका प्रहरीलाई अवहेलना अर्थात काम रोक्न भन्दा अटेरी गर्दै तस्करीको काम गर्ने गरेको प्रहरी श्रोतले दुखेसो पोखे ।
नेपाल सरकारले भारतीय चल्लामा प्रतिवन्ध लगाएपनि अमरपटी नाका हुदै खुल्याम भारतीय चल्ला आयात हुन थालिएको छ । भारतको गोरखपुरबाट रक्सौलसम्म आइ पुगेका चल्ला अमरपटी नाका हुदै तस्करहरुले आयात गर्न थालिएको बताइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको आर्थिक मोहका कारण भारतीय चल्ला हालको समयमा मकवानपुरको हेटौडासम्म पुग्ने गरेको एक तस्कर श्रोत नै बताउछन । यता लहसुनमा प्रति किलो ५० रुपैयाको मुनाफा भए पश्चात चाइनिज लहसुनको निर्यातमा पनि बढोतरी भएको स्पष्ट बुझन सकिन्छ । भारत सरकारले चाइनिज लहसुनमा प्रतिवन्ध लगाए पश्चात तस्करीको बाटो हुदै भारतको रक्सौलसम्म पुग्ने गरेको श्रोत बताउछन । चाइनिज लहसुनमा मुनाफा बढी भएका कारण उतम भनिने तस्करले प्रति दिन दुई देखि तिन पिक अपसम्म चाइनिज लहसुन भारतको रक्सौलसम्म पुरयाउने गरेको पाइन्छ ।
अमरपटी नाका हुदै व्यापक रुपमा तस्करीको कार्य बढेपनि जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख मौन हुनु भनेको आर्थिक चलखेल हुन सक्ने आकलन गर्न थालिएको छ । तसर्थ यस बिषयमा सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

कमेन्टहरु