घरमा आगो लगाई ज्यान मार्ने उद्योग मुद्धामा फरार पक्राउ


अर्घाखाँची । असार २७ गते आइतबार, अर्घाखाँची प्रहरीले घरमा आगो लगाई ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।
मिति २०७३।०१।०७ गतेको सम्मानित अर्घाखाँची जिल्ला अदालतको फैसलाले आगलागीबाट ज्यान मार्ने उद्योग मुद्धामा कैद ३ बर्ष १० महिना २८ दिन सजाय भई फरार रहेका थिए ।
जिल्ला अर्घाखाँची साबिक धारापानी गा.बि.स.९ हाल भुमिकास्थान नगरपालिका वडा नं. ३ बस्ने बिर बहादुर बन्जाडेको छोरा बर्ष ३९ को रबि भन्ने तुल बहादुर बन्जाडे जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.११ अमनचोक भन्ने स्थानमा गई लुकी छिपी बसेका छन् भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८।०३।२५ गते जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले दिउँसो १७:३० बजेको समयमा पक्राउ गरेको हो ।
जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.११ अमनचोक स्थित डेरा कोठामा फेला पारी पक्राउ गरी सम्मानित अर्घाखाँची जिल्ला अदालतको आदेशले कैद भुक्तान गर्नको लागि जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा चलान गरिएको हो।























