स्वास्थ्य चौकीका डाक्टरको लाहपार्बाहीले विरामीहरु थप पीडा झेल्दै


रौतहट । स्वास्थ्य चौकी सन्तपुर दोस्तियामा डाक्टरले बिरामीहरुलाई थप पीड़ा दिदै आएको खुलासा भएको छ जिल्लाकाे उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाको सन्तपुर दो. स्वास्थ्य चाैकीमा खटिने डाक्टरहरुकाे गैर जिम्मेवारीका कारण बिरामीहरुलाई शास्ती खेप्नुपरेको छ।
उक्त नगरपालिकाकाे वडा नम्बर -५ मा रहेको स्वास्थ्य चाैकी सन्तपुर दाेस्तियामा खटिने स्वास्थ्य चाैकी प्रमुख रघुनाथ साहले एक जना बिरामीलाई ड्रेसिंग गर्न आनाकानी गर्दै पीड़ितलाई थप दुःख दिएका छन । पीड़ित कार्यालयमा पुग्दा तानाशाह शैलिमा बाेल्दै “याे काम मेराे होईन, कटहरिया या अन्यत्र ठाउँमा लिएर जानु” भन्दै कामै नगरि कार्यालयबाट फिर्ता गराएको एक जना सेवाग्राहिले नाम नखुलाउने सर्तमा बताएका छन ।
नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ठाउँ ठाउँमा स्वास्थ्य चाैकी सञ्चालन गराएको हाे । तर पनि स्वास्थ्य चाैकी वा यस्ता अन्य कार्यालयमा काम गर्ने कर्मचारीकाे व्यवहारले सेवाग्राहीहरु थप समस्य झेल्दै आईरहेको स्थानीयहरुले बताएका छन ।
सन्तपुरको यस स्वास्थ्य चाैकिमा जादा कुनै न कुनै बहाना बनाई पटक पटक सेवाग्राहीहरुलाई घर फर्काउने कार्य निरन्तर भइरहेको बुझिएको छ । यस्ता रबैयाले स्वास्थ्य संस्था प्रति सेवाग्राहीकाे विश्वास घटदै स्वास्थ्य जस्तो संवेदनशील संस्थाले दिनुपर्ने सेवामा अविश्वास सृजना भएको देखिएको छ ।
यस बिषयमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश यादव संग साेध्दा आफुलाई यसबारे केही जानकारी नभएको बताउनु भयो । यदि यस्ताे गरेको पाईएमा अब देखि यस्ता समस्या चाडै समाधान हुने उनले बताए । घटनाको बारेमा स्वास्थ्य चाैकी प्रमुख रघुनाथ साह संग बुझदा संवेदनशील ठाउँमा घाउ भएकोले ड्रेसिंग गर्न अपठ्यारो भएको तथा कार्यालयमा समेत ड्रेसिंगको लागि आवश्यक पर्ने सामग्री उपलब्ध नभएकोले पीडितलाई फर्काएको स्वीकारेका छन ।























