आफ्नै बुहारीलाई मारेको अभियोगमा छोरा पक्राउ बुवा फरार


महोतरी । महोतरीको लोहरपट्टी नगरपालिका वडा नं.- ७ भ्रमपूरकी २६ वर्षीया सुजिता ठाकुरको बाकि भाग पनि भेटिएको छ । सुजाताको बेपता भएको शव एक महिनापछि प्रहरीले फेला पार्न सफल भएका छन ।
आफ्नै पेट्रोलपम्पको छेउमा रहेको ट्वाईलेटको टंकी बाट आईतबार बिहान प्रहरीले शव फेला पारेको छ । आषाढ १३ गते अगाडि प्रहरीले उत्खन्न गराउदा सुजिताको शरिरको केहि भाग फेला परेको थियो । दाईजोको कारण यस्ता डरलाग्दो घटना बुहारी मारेर खाडलमा पुरिएको सोहि दिन सुजाताको हत्या आरोपमा देवर रुपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनी दुवैजना प्रहरी हिरासतमै रहेको र उनीहरूसहित ६ जनाको संलग्नता देखिएको बताइएको छ । प्रदेश प्रहरी, संघीय प्रहरी, जिल्ला प्रहरी र अभियन्ता सरोज राय र गुञ्जा रायको संयुक्त मिहिनेतको प्रतिफलमा यो ठूलो सफलता हात पारेको छ । यो घटनाको सूक्ष्म अनुसन्धानका लागि अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज रायले निरन्तर दबाब दिँदै आएका थिए ।
प्रदेश प्रहरीका डिएसपी ज्ञानकुमार महतो, संघीय प्रहरीका डिएसपी छेदीलाल कामती, टेक्निकल सपोर्टमा असई विशंभरनाथको संयुक्त प्रयासमा सुजिताको शव खोजी गर्न सफल भएको हो । सुजिताको घरपरिवारले घरमै हत्या गरेर शवको टुक्रा टुक्रा बनाई दुई तीन ठाउँमा शव गाडेको अवस्था देखिएको प्रहरीले जनाएको छ ।
सुजिताको हत्याबारे उनकै ५ वर्षीय छोराले खुलाएपछि माइतीपक्ष र सामाजिक अभियन्ता सरोज रायको दबाबमा प्रहरीले खोज तलास सुरु गरेका थिए । सुजिताको ससुरा पतिराम ठाकुर, सासू र देवरानी रोमा ठाकुर भने अहिले पनि फरार रहेका महोतरी प्रहरीले जनाएको छ । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने आशंका गरिएको छ ।























