सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा र राम्दीमा पहिरो खस्दा अवरुद्ध

जगत ठाडा मगर
२०७८ असार २७ | मध्यान्ह ०१:०३ बजे

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै पहिरो खसेको कारणले विहान साढे १० बजेबाट सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पाल्पाको दोभान तर्फबाट डोजर आउँदै गरेको र पानी कम भएमा दिउँसोसम्म सडक खुल्न सक्ने कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
त्यस्तै पाल्पाको राम्दीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा दुबैतर्फ सवारी साधनहरु अलपत्र परेका छन् ।
यसअघि विहिवार बर्षासँगै तिनाउ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खस्दा २ दिनसम्म सडक अवरुद्ध भएको थियो । शुक्रबार साँझबाट यातायात सुचारु भएपनि आइतबार फेरि राजमार्ग अवरुद्ध भएको हो ।























