देश

चितवनको भरतपुरमा माछा मार्ने क्रममा ह्यूम पाईपमा एक जना अड्कियो

जगत ठाडा मगर
२०७८ असार २७ | मध्यान्ह १२:०३ बजे

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा माछा मार्ने क्रममा ह्युम पाईपमा एक जना अड्किएकोछ ।

photo 2021 07 11 12 28 39

चितवनको भरतपुर वडा नं.-३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि जमिनमुनि गाडेको ह्यूम पाईप भित्र पसेको एक जना ह्यूम पाईपमा अड्किएको प्रहरीले जनाएको छ ।

आईतबार बिहान अन्दाजी साढे ९ बजेको समयमा भरतपुर बस्ने बर्ष ३५ को लाल बहादुर श्रेष्ठ माछा मार्ने क्रममा अड्किएको हो ।

माछा मार्न गएको भनि पसेकोमा बाहिर ननिस्किएको भन्ने सुचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरिक्षकको कमाण्डमा १० जनाको टोली र सडक कार्यालयको JCB को सहायताले उद्दार कार्य भई रहेकोमा हाल सम्म उक्त व्यक्ती फेला परेको छैन ।

श्रेष्ठको खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कमेन्टहरु