देश

अमेरिकाको म्यासाचुसेट्स राज्यका सिनेटरद्वारा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन सम्मानित

जगत ठाडा मगर
२०७८ असार २७ | बिहान १०:०३ बजे

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई अमेरिकाको म्यासाचुसेट्स राज्यका राज्य सिनेटरले सम्मानित गरेका छन् । सम्मान गरेको प्रमाण पत्र पुन मातृभूमि नेपाल उड्नु अगाडि मात्र प्राप्त गरेका थिए।

photo 2021 07 11 10 01 22

डा. पुन जुलाई १० का दिन अमेरिकाबाट नेपाल उडेका छन् । उनलाई बिदाई गर्न साथमा रहेका सामाजिक अभियन्ता सन्तोष सापकोटाले आफ्नो सामाजिक संजाल मार्फत म्यासाचुसेट्सका सिनेटरले सम्मान गरेको जानकारी सार्वजनिक गरेका छन् ।

उक्त प्रमाण पत्र म्यासाचुसेट्सका अर्का सामाजिक अभियन्ता प्रल्हाद केसिले सापकोटा मार्फत पुनलाई पठाएका थिए। पुनलाई म्यासाचुसेट्स राज्यका सिनेटर डेमोक्र्याटिकका विलियम एन ब्राउन्सबर्गरले सम्मान गरेका हुन् ।

अमेरिकाको भ्रमणको लागि पुनलाई आमन्त्रित गर्ने र अमेरिकाको भ्रमणमा संयोजनको भूमिका निर्वाह गर्ने सापकोटाले डा. महाबिर पुनलाई करिब एक महिनाको लागि विभिन्न राज्यहरुमा नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट गराएका थिए ।

४ दिन अगाडी मात्र अर्थात् जुलाई ६ का दिन पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका थिए । डा. पुनले नेपालका लागि गरेको योगदानस्वरुप उनलाई सम्मान गरेको हो। अमेरिकामा नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग समेत प्राप्त भएको छ ।

कमेन्टहरु