देश

अब यस्तो व्यवस्था चाहियो, जसको प्रयोगले संसदीय व्यवस्थामा विकृति देखा नपरोस्

जगत ठाडा मगर
२०७८ असार २७ | बिहान ०८:०३ बजे

लहान । एकै सिक्काको दुई पाटो हो-जनताको लोकतन्त्र , झै एकातिर समान्ता हुन्छ भने अर्कोतिर स्वतन्त्रता । स्वतन्त्रता र समानतालाई सुन्दर शान्तिको विट्ले मोडिँएको पुर्ण सिक्का नै जनताको लोकतन्त्र हो।

जसको शुक्रकीट वर्तमान तरल राजनीतिले आफ्नो पाठेघरमा धारण गरेको छ। हामी आकार हुँदै गरेको त्यहीँ भ्रुणलाई भिडियो एक्सरेको चस्माले नियाल्दै छौ।

तरल बनेको वर्तमान राजनीति विषाक्त किन छ? भने यसले , न त जनताको समस्या बुझेको छ। न त , जनताको भाषा । पञ्चायती व्यवस्थाबाट अपेक्षा पूरा हुन नसक्दा पूरा गर्ने वाचासहित आएको वर्तमान व्यवस्था जनअपेक्षा पूरा गर्ने सवालमा झन् प्रतिगामी व्यवहार देखाउन थाल्दा नेपाली राजनीतिको कथा बाख्रा र बुढी बाध भन्दा पटक्कै भएन । के नेपाली जनताको आवाज हो?देशलाई बन्दी बनाएर नेतागणले तमासा देखाउने ? गुट उपगुट हुदैँ टुटमा अस्तित्व देखाउने नेपाली संसदीय चिनतन धाराले नेपाली जनता र राष्ट्रिय एकताको गाँठोलाई छ कि फुर्काउँछ?

जनताको मार्फत आएका यी दलको आन्तरिक किचलो भित्र जनमतको आदेश मुखरित छ या, जनताको थाप्लोमा दलीय लातको छाप्।

राज्य एउटा संस्था हो। यो व्यक्तिको गुण र दोषले कम तर, संस्थागत संरचनाले बढी प्रभावित हुन्छ । एउटा राम्रो मान्छे र असल मान्छे खराव राजनीतिक प्रणालीमा जानुभन्दा खराव विकृति नेतृत्व असल प्रणालीमा जानुभन्दा खराव र विकृति नेतृत्व असल प्रणालीमा जानू तपाईको विचारमा कुन चाहिँ उत्तम होला?

मेरो विचारमा यो बहस सेतो दौरा सुरुवाल लगाएको मान्छे आहालमा लत्पतिनु र फोहोरी मान्छे नदीमा पौडी खेल्नु भन्दा कुनै अर्थमा फरक छैन । जनताले आशातीत हुदैै मत दिएर पठाए। आज नेताको भाका जनतातिर फर्केका छन।विपरीत दिशातिर ।
कुनै नेतृत्व सही भएनन् जसका कारण आजको दुरदशा आए।

त्यो हो भने नवउदारवादी अर्थनीतिको खुल्ला बजारलाई चौपट्याएर यो हालमा राष्ट्र पुग्दा सम्म समेत जनता र राष्ट्रको समस्यालाई शीर्ष स्थानमा राखेर राष्ट्र निर्माणको दिशा तर्फ अधि बढ्ने दिमाग र खुट्टा कस्ले भोटे ताल्चा ठोकियो?

मिली भगतको सरकार गठन गर्दै या फेरि चुनाव गरेर नयाँ सरकार बनाउँदैमा जरजर बनेको मुलुक स्वतन्त्रता , राष्ट्रिय स्वाधीनता र आर्थिक विषमताको निकास निस्कने छैन । एका तिर नागरिकको नाङ्गो शरिरिक र भोको पेटले देश नै जरजर भइरहेका छन।

दिनहुँ बाक्समा नागरिकको लाश विदेशबाट आइरहेका छन। अर्कोतर्फ रेमिटेन्सले देश धानेको रुखो गीत गाँउदै नेतृत्वगण कार्य सफलताको फरमान गर्दै छन्।

गरिबी , बेरोजगारी , भोकमरी , आत्मनिर्भरता , स्वतन्त्रता र यी सबैका निम्ति राष्ट्रिय एकताको चिन्तन प्रणालीमा टिपेक्स लगाउनेको हुन?

अलि शान्ति भयो कि,घुसखोरी र भ्रष्टाचारीमा चुर्लुसम्म आन्तरिक कलह भयो । देशको गति भड्खोलमा आखिर समस्या कहाँ ? नवउदारवादी पुँजीवादको त्यही मार्गमा मुलुक छ। जहाँ विश्व पुँजीवाद राष्ट्रवादहरुलाई कोर फेरिफेरि र बाह्रा धेरा भित्र तीन भागमा बाँडेर बाहिरी घेरामा पर्ने नेपाल लगायतका तेस्रो मुलुकलाई कहिल्यै सम्पन्न हुन नदिन राजनीति योजनामा छ। पुँजीवादको यही चक्रमा हाम्रो राजनीति प्रणाली खडा भएको छ।
त्यसकारण वर्तमान राजनीतिको तमासा त्यसको वाय प्रोडक्ट बाहेक केही होइन । यसको , श्रोत वर्तमान राजनीति प्रणाली नै हुन।

धमिरा लागेको यही राज्य प्रणालीको संरचनाका कारण देश बर्बाद तिर धक्लिदै छ। तर निराश हुनुपर्ने र बाह्य शक्तिसँग आत्मसमर्पन समस्या देखा परेका छन। ती सबै नेपाल र नेपाली माथि भर नपरि बाह्य मुलुक कै आशिर्वादले गर्दा भएको हो । चाहे ! राजनीतिको कुरा गरौँ या अर्थ र साँस्कृतिक पक्षको , यी सबै आयातित भए , आफ्नो देशको हावापानी , प्राकृतिक स्रोत साधन , वनजङ्गल र जडिबुटी अनि मिहिनेती नेपाली जनता । यी सबैको संगमलाई राजनीतिक प्रणाली बनायौँ , भने देश अति सुन्दर हराभरा बन्ने हो।

नवउदावादी धमिराले क्षतविक्षत पारेका मुलुकको राजनीतिक गर्भमा अब , यसलाई बसालौं र गरौँ तरल राजनीतिको भुमरीमा जनताको लोकतन्त्रको छलफल ।

यति भन्दै म पत्रकार विसुन देव सरदार सिरहा लहानबाट सम्पूर्णमा अनुरोध क छ कि ? तराई मधेशमा डुवान सम्भावित एरियाका साथीहरु :- -मोबाइल फोनको प्रयोग गरौँ ।इमर्जेन्सीमा मोबाइल अति आवश्यक हुनेछ ।

-एउटा टर्च राख्नुहोस । रात परेपछि काम लाग्नेछ।
-कतै बत्ती सर्ट छ या छैन यकिन गरौँ । -बिरामी र उनीहरूको अौषधी वृद्ध र बालकहरुको राम्ररी हेरविचार गरौँ । -राती सुत्दा घरको एक वा दुई जना पालैपालो गरि सुतौँ। -जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीको फोन नम्बर राखी राखौं ।

कमेन्टहरु