पर्सा प्रहरीद्वारा ५०० लिटर अवैध घरेलु मदिरा नष्ट

जगत ठाडा मगर
२०७८ असार २७ | बिहान ०७:०३ बजे

बारा । पर्साको वीरगंज महानगरपालिकाबाट अवैध घरेलु मदिरा प्रहरीद्वारा नस्ट गरिएको छ | शनिवार बिहान अन्दाज १० बजेको समयमा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.-१६ बस पार्कबाट अवैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ |
जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पथलैयाबाट आउदै गरेकोको सार्बजनिक यात्रु वाहक बसमा अवैध रुपमा ल्याउदै गरेको घरेलु मदिरा अन्दाज ५ सय लिटर प्रहरीले आफ्नो नियन्त्रणमा लिईएकोछ |
नियन्त्रणमा लिईएको अबैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालयमा ल्याइ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी गराए |























