नेपाल लोकतान्त्रिक खेलकुद संघद्वारा संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको ४८ बच्चालाई खाना तथा स्वास्थ्य सामग्री वितरण

जगत ठाडा मगर
२०७८ असार २७ | बिहान ०६:०३ बजे

जितेश मण्डल
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संग बागमती प्रदेश द्वारा गोकर्णेश्वर न .पा अवस्थित सम्युक्त अपांग एकता आवाज केन्द्रमा ४८ बालबालिकाका लागी भोजन कार्यक्रम तथा माक्स,सेनिटाईजर, तथा खाजा लगायत पौस्टिक आहार बितरण गरिएको छ ।


यस कोरोना महारीमा धेरै जस्ता सामाजिक सँग संस्थामा गरो सारो भइरहेको अवस्थामा धेरै सँग संस्थाहरुले सहयोग गरी रहेकाछन् । यही अवस्थामा नेपाल लोकतान्त्रिक खेलकुद संगले पनि गोकर्णेश्वर नगरपलिका अवस्थित रहेको संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको ४८ जना बच्चाहरूलाई भोजन कार्यक्रम तथा मास्क, सेनिटैजर र पौष्टिक तत्व आहार समेत वितरण गरेका छन् ।
नेपाल लोतान्त्रिक खेलकुद संगका अध्यक्ष दिपक गुरुङ ज्यूको आधयक्षतामा ४८ अपाङ्ग बच्चाहरूलाई सम्पूर्ण पौष्टिक आहार तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम समापन गरिएको छ ।
























