देश

लायन्स क्लबद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १ सय ५२ जनाले गरे रक्तदान

जगत ठाडा मगर
२०७८ असार २६ | मध्यान्ह ०९:०३ बजे

बारा । लायन्स क्लब कलैयाद्धारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उपमहानगरपालिका वडा नम्वर १ कलैया ईन स्थित शनिवार लायन्सद्धारा खुल्ला रक्तदान कार्यक्रमको अयोजनामा १ सय ४६ पुरुष गरि ६ जना महिला रहेको थिए ।

कोरोनाको कहरले गर्दा देश भरि रगतको कमिको महसुस गरि खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । लायन्स क्लबका अध्यक्ष दिलिप चौधरीले बताएका छन् । विगतमा पनि समाजको आवश्यकताको मध्यनजर गरि जिल्लवासीको लागि अक्सिजन बैक सञ्चालन गरि समाजलाई सेवा गर्दै आएको उनले बताए ।

विपदको घडिमा लायन्सको सवै पदधिकारीहरु सदैव तयार रहने प्रतिवद्धता समेत चौधरीले गरेका छन् । लायन्सले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा वडाध्यक्ष जटाशंकर सहनी, ब्रेट लि, सुजित पाण्डे, सरोज गुप्ता, संजय गुप्ता लगायत, राजन गुप्ता, बबिता गुप्ता लगायत एक सय ५२ जनाले रक्तदान गरेको आयोजक संस्थाका सुभाष जैयसवालले जानकारी गराएका छन् ।

कार्यक्रममा भरत अग्रवाल उपाध्यक्ष, नवीन अग्रवाल दोश्रो उपाध्यक्ष, सुर्यदिप कुमार सचिव कोषाध्यक्ष सुभाष जैयसवाल सदस्य प्रदिप कमार साह, शिवजी यादव, गाेपाल ठाकुर, बृजकिशाेर साह, अरूण साह, राजकुमार साह, ईनर कुशवाहा, ज्ञान प्रकाश चौधरी, हरेन्द्र यादव, मनोज फौजलार, पवन कुशवाहा, विनोद महतो, महमद अफरोज, भोला सरार्फ, श्याम खेतान, चन्दन गुप्ता, निरज कर्ण, विजय अग्रवाल, महमद समीर र अजय कुमार साह लगायतको उपस्थिति रहेको थियो ।

कमेन्टहरु