नेपाल विश्व हिन्दु महासंघको समिति संगठन विस्तार


बारा । बाराको कलैया उप-महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरिएको छ | शनिबारको दिन बाराको कलैया उपमहानगरपालिका वडा नं.२३ बैराठपुर स्थित श्रीराम जानकी मन्दिरमा आयोजित कार्यक्रमबाट समिति गठन गरिएको छ |
सुरेन्द्र शर्मा ज्युको अध्यक्षतामा २१ सदस्यीय गठन भएको हो | नेपाल विश्व हिन्दु महासंघ वडा कार्य समिति साथै गौरीशंकर दुबे ज्युको संयोजकत्वमा ३ सदस्यीय वडा सल्लाहकार समिति गठन गरिएको छ |
महासंघका केन्द्रिय सचिव अभिषेक तिवारीको प्रमुख आतिथ्य तथा गौरीशंकर दुबे ज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशिस्ट अतिथिहरु प्रदेश अध्यक्ष बिशाल झा तथा प्रदेश सदस्य रामअयोध्या महतोको उपस्तिथी रहेको थियो |
अतिथिहरुमा पर्सा जिल्ला उपाध्यक्ष सन्दीप साह, बिरगंज महानगर सचिव मुकेश श्रीवास्तव, श्रीराम जानकी मन्दिरको महन्त साथै उक्त वडाका जागरुक युवाहरूको बृहत तथा उत्साह जनक उपस्थित रहेको थियो |
महासंघको नवगठित वडा कार्यसमितिको अध्यक्षमा सुरेन्द्र शर्मा, उपाध्यक्षमा सिकेन्द्र प्रसाद कुशवाहा तथा ममता कुमारी, सचिवमा सागर गुप्ता, सह सचिवमा बाला ठाकुर, कोषाध्यक्षमा रुपेश कुशवाहा, सह-कोषाध्यक्षमा सुनैना देवी, सदस्यहरुमा बृजकिशोर पटेल, राजकिशोर दास, छोटेलाल प्रसाद, शिव कुमार गुप्ता, नागेन्द्र पटेल, रमेश प्रसाद साह, जङ्गिलाल साह कानु, ललन राम, प्रमोद साह, उमेश साह कानु, राम प्रसाद साह कानु, बिनय पटेल, शिवशंकर साह कानु, सुरेन्द्र पटेल सहित रहेका छन |
त्यसैगरी सल्लाहकार समितिको संयोजकमा गौरीशंकर दुबे, सदस्यहरुमा बिनोद ठाकुर र रुपा साह रहेका नेपाल विश्व हिन्दु महासंघले जानकारी दिएका छन् |























