मधेश प्रदेश

राम-जानकी विवाह महोत्सव आज समापन हुँदै

नवलपुर टुडे
२०८१ मंसिर २२ | बिहान १०:०८ बजे

काठमाडौं, मंसिर २२ । जनकपुरधाममा साताव्यापी राम-जानकी विवाह महोत्सव आज समापन हुँदैछ । शुक्रबार पञ्चमी तिथिमा रङ्गभूमि मैदानमा स्वयंवर विधि सम्पन्न भएको थियो भने गएराति नै वैवाहिक कार्यक्रम सम्पन्न गरिएको छ ।

महोत्सवको सातौँ दिन शनिबार भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधुसन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिँदैछ । स्वयंवरका लागि भारतको अयोध्याबाट राम मन्दिर तथा नेपालको जनकपुरस्थित जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा आउँछ। स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुन्छ।

जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो। विवाह महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो मुलुकबाट दर्शनार्थी जनकपुरधाम आइपुगेका हुन् ।

 

कमेन्टहरु