सिरहाको पवित्र चर्चद्धारा स्थानीयलाई राहत वितरण

जगत ठाडा मगर
२०७८ असार २६ | मध्यान्ह ०७:०३ बजे

बिनोद मण्डल
सिरहा । सिरहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकटी-३ सरे अम्बास बस्नेत टोल तथा धनगढिमाई १४ मा पवित्र चर्चका सञ्चालक दीपक राईले राहत बितरण गरेको छ ।

आज मण्डलीको सँगतीपछि स्थानिय गरीब विपन्न, दलित पहिचान गरी कोभिड १९ को मारमा परेका र राहत कही कतैबाट नपाएका घर परिवारलाई पहिचान गरी ३० बोरा चामल व्यक्तिगत रूपमा आज स्थानीयलाई आमन्त्रण गरी राहत वितरण गरेको हो।
व्यक्तिगत लगानीमा राहत पाएपछि स्थानिय खुशी भएका छन भने आम मानिसको जीवनको दैनिकीसँग जोडिएको राहत वितरण एउटा उदाहरणीय काम भएको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा स्थानिय सरकारले गर्न नसकेको अवस्थामा यस भेगमा राहत वितरण एउटा अशल काम मानिन्छ ।























