बुलिङटारको सिंघुवामा मोटरसाइकल दुर्घटना हुदा चालक गम्भीर घाईते

नवलपुर टुडे
२०८१ मंसिर २१ | बिहान ०९:०८ बजे

बुलिङटार । गएराति नवलपुरको बुलिङटारमा मोटरसाइकल दुर्घटना हुदा एक जना गम्भीर घाईते भएका छन । घाइते हुनेमा तनहुँ रिसिङ गाउँपालिकाका- ४ बस्ने बर्ष ३० को सोम कुमार श्रेष्ठ रहेको प्रहरी जनाएको छ ।
कालिगण्डकी करिडोर अन्तरगत नवलपुरको बुलिङटार गाउँपालिका- ३ सिंघुवास्थित रामपुरबाट गैंडाकोट तर्फ आउदै गरेको ग १६प १६६९ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाइ दुर्घटना हुदा मोटरसाईकल चालक गम्भीर घाईते भएको र उनको अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी रामचन्द्र घिमिरेले जानकारी दिएको छ ।
घाईते श्रेष्ठलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाई उपचार भैईरहेको छ । दुर्घटनास्थलमा प्रहरी टोली खटिगई मोटरसाइकल नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भईरहेको घिमिरेले बताए ।























