मौसम

कस्तो हुनेछ आजको मौसम ?

नवलपुर टुडे
२०८१ मंसिर २१ | बिहान ०६:०८ बजे

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी र वाग्मती प्रदेश प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।  गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू–भाग, बाँकी तराईका क्षेत्र तथा उपत्यकाहरूका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ । 

विभागले दिउँसो कोसी, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।

कमेन्टहरु