देश

बिपि उधानको जग्गामा अन्य निर्माणको कार्य गर्दै महानगर, प्रकृति मास्ने कामको बिरोध गरौ : युवा नेता धिरज गुप्ता

जगत ठाडा मगर
२०७८ असार २६ | मध्यान्ह ०४:०३ बजे

बिरगंज । बिपि उधानको जग्गामा अन्य निर्माणको कार्य गर्दै आईरहेको बिरगंज महानगरले प्रकृति मास्ने काम गरेकोले बिरगंजबासी यसको बिरोध गर्नु पर्ने युवा नेता धिरज गुप्ता बताउनु हुन्छ ।

photo 2021 07 10 16 48 27

photo 2021 07 10 16 48 31

बिरगंज महानगरपालिकाले गलत कार्य गर्दै छ। पुर्व सरकारले गरेको निर्णय विरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड ढलान कार्य गर्दै अन्य निर्माण बिकासमा प्रयोग गरि रहेको जानकारीमा आएकोले यसलाई रोक्न बिरगंजेलीहरु किन तातेका छैनन्।हामीलाई प्राकृतिक हराभरा जुन सुकै पार्क चाहिन्छ।

प्रकृति मास्ने गरि अन्य बिकास चाहिएको छैन।यसतर्फ सबै पक्षधरका बीरगजेलीहरु बोल्नु पर्छ।त्यो कार्य घन्टाघरको उत्तर तर्फ साबिक नेपाल यातायात सस्थानको जग्गा हाल बिरगंज महानगरपालिकाको स्वामित्वमा रहेका छन। प्रमाणको रुपमा पुर्व नेपाल सरकारले लालपुर्जाको कैफियतमा दिएको निर्देशन यस्तो छ।

photo 2021 07 10 16 48 32

बिपि उधान प्रयाेग गर्ने शर्तमा नै नेपाल यातायात संस्थानकाे जग्गा तत्कालीन बिरगंज उपमहानगरपालिकालाई रु. दश कराेडमा श्री ५ काे सरकारले तत्कालीन मेयर गाेपाल गिरिकाे पहलमा अर्थमन्त्री डा० प्रकाश चन्द्र लाेहनिले रजिष्ट्रेशन दस्तुरमा केहि सहुलियत प्रदान गरि बिरगंज उपमहानगरपालिकाकाे नाममा लेखत पारित भएकाे थियाे । तर उक्त जग्गामा भुमाफियाकाे ग्रायण्ड डिजाईङमा प्लटिङ गरेर बिक्रि गर्ने खेलकाे सुईकाे पाई त्यसबेलाका उपमेयर अजय द्विवेदिले बिधार्थि,शिक्षक र आम नागरिकलाई सडकमा उतारेकाेले साे जग्गा बिपि उधानकाे लागि उनकै कार्यकालमा रु. पाँच कराेड र बिमल श्रीवास्तवकाे पालामा रु. ५ कराेड भुक्तानि गरिएकाे थियाे ।

photo 2021 07 10 16 48 33

त्यसकारण उक्त जग्गा बिपि उधानकाे नाम जाेडिएकाेले बिपि उधान बाहेक अन्य प्रयाेजन गरि हराभरा उधानलाई कुरुप बनाउने याेजनालाई नेपालि काँग्रेसले कडा बिराेध गर्नुपर्छ र अन्यले पनि साथ दिनु पर्छ भन्ने गुप्ताको भनाई रहेको छ ।

कमेन्टहरु