प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारबाट निरीक्षण कार्यक्रम सम्पन्न


बारा । जिल्ला प्रहरी कार्यालय कलैया बारामा तालुक प्रदेश नम्बर २ का प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकार द्वारा निरीक्षण भ्रमणको क्रममा सम्पन्न भएको छ ।

शनिबार बिहान ९:२० बजे बाराको जिल्ला प्रहरी कार्यालय कलैयामा पाल्नु भई कार्यालय परिसर हाताभित्र बृक्षारोपण गर्नुभएको साथै यस कार्यालयको सभाहलमा उपस्थित प्रहरी कर्मचारीलाई सामाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीको भुमिका लगायत सुरक्षासँग सम्बन्धित अन्य विषयबस्तुहरूमा छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।

कार्यालयमा रहेका शाखाहरूको निरीक्षण, हिरासतकक्ष तथा हिरासतमा रहेका थुनुवाहरूको सम्बन्धमा जानकारी लिनु भई शाखाबाट हुने कामकारवाही छिटो-छरितो एवं पारदर्शी रूपमा सम्पन्न गर्न र व्यवसायिक प्रहरी बन्न समेत निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।























