भ्रष्टाचार

रोल्पाका ट्राफिक प्रमुख २५ हजार घुससहित पक्राउ

नवलपुर टुडे
२०८१ मंसिर १८ | बिहान ०५:०८ बजे

 बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको छ।

आयोगले दिएको जानकारीअनुसार बुढाथोकीले सवारी साधन आवतजावत सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो।

आयोगको बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले बुढाथोकीलाई रोल्पा नगरपालिका-४ स्थित निजकै निवासबाट घुस रकमसहित पक्राउ गरेको हो।

बुढाथोकीलाई नियन्त्रणमा लिएर घुस प्रकरणबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

कमेन्टहरु