देश

स्काई सिटीको बोर्ड र लाईट वीरगंज स्प्रिट क्लबद्वारा जडान

जगत ठाडा मगर
२०७८ असार २६ | मध्यान्ह ०३:०३ बजे

वीरगंज । पर्साको वीरगंज महानगरपालिकालाई स्काई सिटीको रुपमा परिवर्तनको लागि माईस्थान चौकमा रहेको ट्राफिक प्रहरी उभिने बिटमा स्काई सिटी नामको फ्लेक्श र लाईट लगाईएको छ ।

वीरगंज स्प्रिट क्लबले फ्लेक्श र लाईट जड़ान गरेको हो । वीरगंज स्प्रिट क्लबले वीरगंजलाई पर्यटकिय स्थल बनाऊने उदेश्य राखेको क्लबले बताएका छन । इंडियाबाट नेपाल आउने जाने नाकामा पहिलो स्थानमा वीरगंज रहेको छ । वीरगंजमा रहेको गहवामाई मन्दिर, घन्टाघर, घड़ीअर्वा पोखरी, नगवा पोखरी, भिस्वा डाडा जस्तो घुमने स्थल रहेको छ ।

यहाँ आउने पर्यटकलाई अझ आकर्सित गर्नको लागि केहि परिवर्तन गर्नु पर्छ जस्ता कुरा वीरगंज स्प्रिट क्लबका अध्यक्ष ओशन कुमार गुप्ताले जानकारी गराएका छन । वीरगंज स्प्रिट क्लबका अध्यक्ष ओशन कुमार गुप्ता, अभिषेक कुमार गुप्ता, टिमका आलोक सरार्फ, सरन गुप्ता, पर्भाकर गुप्ता, संदीप गुप्ता, बिबेक गुप्ता लगायतले आफ्नो व्यक्तिगत खर्चबाट फ्लेक्श र लाईट जडान गरेका हो ।

कमेन्टहरु