कोशी प्रदेश

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका माझी जित नजिक, अबिर जात्रा सुरु

नवलपुर टुडे
२०८१ मंसिर १७ | बिहान ०७:०८ बजे

मोरङ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । उनले ६ हजार २८० मत ल्याएका छन् । जितनजिक पुगेपछि माओवादी कार्यकर्ताहरूले अबिर जात्रा सुरु गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार ७११ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास ३ हजार २६६ मतसहित तेस्रो स्थानमा छन् ।

 

कमेन्टहरु