निर्वाचन

रौतहटको तीन वटै वडामा शान्तिपूर्ण रुपमा मतदान हुदै

दिप्शन गुरुङ
२०८१ मंसिर १६ | मध्यान्ह ०३:०८ बजे

रौतहट । राैतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा भईरहेकाे छ ।  जिल्लाकाे तीन वटै वडामा अहिले शान्तिपूर्ण रूपमा मतदान भईरहेकाे खबर प्राप्त भएको छ । जिल्लाकाे गढीमाई नगरपालिका -८ काे मतदान केन्द्र श्री मावि विरनगरा मतदान केन्द्रमा शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको छ । २ बजेसम्म २ हजार १ सय भन्दा बढी मत खसिसकेको निर्वाचन अधिकृत महमद मुनाले जानकारी गराए ।

प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भइरहेको छ । उपनिर्वाचनमा ईप्रका गरुडाको प्रमुख राजन कार्की, सशस्त्र प्रहरीका कमान्डर अमरब्रामुको कमान्डमा सुरक्षाकर्मी खटिरहेका छन । साे वडामा २ हजार ७ सय मतदाता रहेको छ ।

यता जिल्लाकाे राजपुर नगरपालिका वडा नम्बर ६  र ईशनाथ ७ मा पनि शान्तिपूर्ण रूपमा पनि चुनाव भइरहेको स्थानीय पत्रकार माेहम्द माेजिबुलाहसे जानकारी गराए ।  ईशनाथ ७ मा १६३३ मत खसेको उनले बताएको छ ।२ हजार ८ सय मतदाता रहेको साे ठाउँमा माेतीगंज प्रावि मतदान केन्द्रमा ६००,विपि काेईराला मावि मतदान केन्द्रमा १०३३ मत खसेको छ ।

कमेन्टहरु