देश

बाराको विश्रामपुरमा कुन्दन सिंहलाई निर्घात कुटपिट

जगत ठाडा मगर
२०७८ असार २६ | बिहान ११:०३ बजे

मनोज गुप्ता
आषाढ २६, बारा । बाराको विश्रामपुर गाउँपालिकामा निर्घात कुटपिटबाट एक जना गम्भिर घाईते भएका छन | घाईते हुनेमा विश्रामपुर गाउँपालिका वडा नं.-४ बस्ने वर्ष ३० का कुन्दन सिंह रहेका छन |

शुक्रबार राती अन्दाज साढे ९ बजेको समयमा वडा नं.-४ को कार्यालय नजदिक साथीहरु साथ बसिरहेको समयमा भारत बिहार रक्सौलको महदेवा बस्ने वर्ष २७ को फिरोज नाम गरेको मान्छे निज सिंहलाई बोलाई वडा कार्यालयदेखि दक्षिणमा रहेको ईन्डिया नेपाल बोर्डरमा लगी निर्घात कुटपिट गरेको पिडितको भनाइ छ |

कुट्ने पक्ष भारत बिहार रक्सौलमा पर्ने महदेवा गाउँका अविनाश साह तुरहा रहेको सिहंले बताएका छन् | विवादको मुख्य कारण पिडितका मोटरसाईकल केहि दिन अगाडि चोरी भएको हुदा त्यो मोटरसाईकल भारत बिहार बस्ने अविनाश साह तुरहाले चलाई रहेको जानकारी पाएको सम्बन्धमा कुरा सोधपुछ गरेको कारण रिसाखिस बोर्डरमा बोलाई निर्घात कुटपिट गरेको पिडित सिहंले बताएका छन |

सिहंलाई घटना पश्चत पर्साको नारायणी अस्पतालमा उपचार गराई आफ्नै घरमा ल्याईएको पिडित पक्षले जानकारी गराए |

कमेन्टहरु