सिरहा गोलबजारमा अव्यवस्थित हाट बजार लाग्न थाल्यो

जगत ठाडा मगर
२०७८ असार २६ | बिहान ०८:०३ बजे

बिनोद मण्डल
सिरहा । सिरहाको गोलबजारमा प्रत्येक शनिवार र मंगलबार लाग्ने हाट बजार व्यवस्थापनको अभावमा बजार अव्यवस्थित बनिरहेको छ ।

बिहान लाग्ने बजारमा दैनिक उपभोग्य वस्तुको किनमेलको लागि मानिसको बाक्लो उपस्थिति रहेको यस ठाउँको बजार पुर्व पछिम लोकमार्गमा लाग्दा आवत जावतमा कठिनाई उत्पन्न भएको छ ।
संभावित दुर्घटनाको नजिक रहेको बजारको अवस्थालाई मध्यनजर राख्दै समयमा ध्यान नदिँदा उत्पन्न हुने सम्भावित परिस्थिति प्रति स्थानिय गोलबजार नगरपालिका मौन छ ।























