गाई, गोरु लोड भएको ट्रकसहित चालक तथा सहचालक कपिलवस्तु प्रहरीको नियन्त्रणमा


कपिलवस्तु । कपिलवस्तमा गाई, गोरु लोड भएको एक ट्रक सहित चालक तथा सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्राबार बिहान करिब ०२ः३० बजेको समयमा मायादेवी गाँउपालिका वडा नं.-१ ईमिलिया सडक खण्डमा ट्रकमा गोरु, गाई र बाच्छी लोड गरी लैजादै गरेको अवस्थामा नियन्त्रमा लिएको जनाएको छ ।
उक्त सुचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी टोलीले ना ६ ख ६५६८ नं.को ट्रकमा १४ जिउ गोरु, १५ जिउ गाई र १ जिउ बाच्छी लैजान लागेको अवस्थामा ट्रकलाई रोकेर ट्रक चालकलाई सोधपुछ गर्दा झापा लैजान लागेको बताएका थिए ।
सो सम्बन्धमा अब्दुल सप्लायर्स हेटौडा उपमहानगरपालिका-४ मकवानपुरबाट जारी भएको जिवन कार्की झापाले पाउने गरी भेटेरिनरी कागजमा चलान बिन्दु रुपन्देहीबाट लोड गरी लैजाने भेटेरिनरी कागज भएता पनि उक्त गोरु, गाई,बाच्छी कपिलवस्तुको ईमिलियाबाट लोड गरी झापा तर्फ लगिरहेको अवस्थामा फेला परेको छ ।
सो सम्बन्धी कुनै कागजातहरु नभएको हुँदा उक्त गोरु, गाई, बाच्छी लोड गरेको ट्रक, चालक तथा सहचालक समेतलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौली पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।























