नेशनल माईक्रोफाईनान्सद्वारा बाढीपीडितलाई राहत वितरण

जगत ठाडा मगर
२०७८ असार २५ | मध्यान्ह १०:०३ बजे

विसुन देव सरदार
लहान । असार २५ शुक्रबार, नेशनल माईक्रोफाईनान्स लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया पर्साले बाढी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको जानकारी प्राप्त भएको छ।

संस्थाले ५० घर परिवारलाई लक्ष्यित गरि २०/२० के.जी चामल , २ के.जी दाल , नुन र खाने तेल वितरण गरेका हुन। गाउँका अति विपन्न गरिव परिवारलाई राहत दिइएको शाखा प्रमुख पंकज यादवले बताए ।
“प्रोपकार बिनाको जीवन व्यर्थ हुन्छ ” भन्ने भनाइलाई कदर गर्दै कार्यालयले आफ्ना कामकाजलाई निरन्तरता दिइएका छन। संस्थाले बाढी, दैबिक प्रकोपबाट सचेतता अपनाउन सबैमा आग्रह समेत गरेका थिए।
यो सँगै संस्थाले यस्ता उद्धार र सहयोगको भावनालाई सधै आत्मसाथ गर्ने शाखा प्रमुख पंकज यादवले बताए ।























