देश

मन्त्रिपरिषदको बैठक बस्दै

नवलपुर टुडे
२०८१ मंसिर १३ | बिहान १०:०८ बजे

प्रधानमन्त्री ओली आगामी सोमबार चीन भ्रमणमा जाने तयारीमा छन्। यद्यपी चीन भ्रमणको औपचारिक घोषणा भइसकेको छैन। सम्भवत आज बस्ने बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक निर्णय गर्ने छ। 

भ्रमणका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा ४० सदस्यीय टोली भने तय भइसकेको बताइएको छ। प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा. आरजु राणा अपरान्ह चीन प्रस्थान गर्दैछिन्।उनी शनिबार स्वदेश फर्किने बताइएको छ।  

 
 

कमेन्टहरु