बिश्व

युक्रेन संकटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री

दिप्शन गुरुङ
२०८१ मंसिर १२ | मध्यान्ह ०१:०८ बजे

मस्को (रुस) । रूसी विदेशमन्त्री सर्गेई लावरोभले युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै युक्रेन संकटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका छन् । 

लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भने, “युद्धको मैदानमा हेर्दा, हामी अझै पनि संकटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन् ।”

रूसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई ‘बढ्दो कदम’का रूपमा वर्णन गर्दै उनले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताएका छन् ।  

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शत्रु पक्षको कुनै क्रियाकलापले रूसलाई लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने बताउदै आफू सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताएका छन् । 

कमेन्टहरु