बारा जिल्ला कांग्रेसमा बिवाद, क्षेत्रीय सभापतिले दादागिरी शैलीमा पार्टी क्याप्चर गर्न खोजेको भन्दै बिरोध


बारा । कलैया २५ गते शुक्रबार, बारा कांग्रेसमा विवाद उत्पन्न भएको छ । बाराको क्षेत्र नं.२ का १३ वडाका वडा सभापतिहरुलाई बिना जानकारी क्रियाशिल सदस्यता एकैचोटी केन्द्रमा थपिएपछि सम्पुर्ण वडा सभापतिहरु विरोधमा उत्रिएका छन् ।
आज सवै वडाका वडा सभापति सहितले पत्रकार सम्मेलनको आयोजना गरि क्षेत्रीय सभापति राम प्रवेश यादव दादागिरी शैलीमा पार्टी क्याप्चर गर्न खोजेको भन्दै विरोध जनाएका छन् ।

समायोजन अनुसार तोकिएका कुल १८ मध्ये १३ वडा सभापतिलाई क्रियाशिल सदस्यताको फारम समेत उपलब्ध नगराई सदस्यता केन्द्रमा पठाएको भन्दै उनीहरु कडा संर्घषको चेतावनी दिएका छन् ।

महाधिवेशन प्रतिनिधी राजेश रौनियारले भने, ‘क्षेत्रीय सभापति यादवले पार्टीलाई बपौटी बुझेका छन अव त्यो चल्ने वाला छैन ।’
कांग्रेसको केन्द्रिय महाधिवेशन नजिकिदै गर्दा देशैभरि कांग्रेसमा क्रियाशिल सदस्यताको विषयलाई लिएर बिबाद हुन थालेको छ ।























