मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
बिच्छ्या माविमा अभिभावक, विद्यार्थी र शिक्षक बिच अन्तरक्रिया


बाजुरा, मंसिर ११। बिच्छ्या माध्यमिक बिधालयमा अभिभावक, शिक्षक र विद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेकोे बिच्छ्या माध्यमिक बिधालयमा अभिभावक, शिक्षक र विद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ। एक औपचारिक कार्यक्रममा राजनीतिक दलका पाटी प्रतिनिधि, वडाका जनप्रतिनिधि विधालय व्यवस्थापन समिति सदस्य शिक्षक र विद्यार्थीहरुको उपस्थित भएर विधालयमा कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई अतिरिक्त कलास सञ्चालन न्यून शुल्कमा बिहान बेलुका गर्ने निर्णय गरिएको बिधालय प्रधानाध्यापक चन्द्रजंग रोकायाले बताए।
शिक्षा सुधार संगै पढाई गुणस्तरीय बनाउन बिधालय परिवार लागेको छ। पहिलाको भन्दा फरक तरिकाले पढाई अगाडि बढाइरहेको छौँ। पहिलको नतिजा भन्दा फरक तरिकाले बनाउन हामी सबै लागेको बिधालय प्रधानाध्यापक रोकायाले बताउनुभयो। बिधालय सुधार गर्न विद्यार्थी, अभिभावक र शिक्षक अहम् भुमिका रहेकोे छ। आफ्नो जिम्मेवारी सबैले पूरा गर्यो भने शिक्षा क्षेत्रमा परिवर्तन गर्न सकिने बताए।


















