घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

आगलागीबाट पीडित परिवारलाई बुढिनन्दा द्वारा नगद राहत

उमेश रोकाया
२०८१ मंसिर ११ | मध्यान्ह ०३:०८ बजे

बाजुरा, मंसिर ११। जिल्लाको बुढिनन्दा नगरपालिकामा तीन वटा घरमा आगलागीबाट पीडित प्रतिपरिवार नगद ३० हजारका दरले राहत दिएको छ। आइतबार तीन वटा घरमा आगलागी हुँदा लाखौंको जलेर क्षती भएको हो। सोही नगरपालिका वडा नम्बर ४ ताडीका स्थानीय गुलाव बोहरा, भीमलाल बोहरा र हिरामणी बोहराको घरमा आगलागि हुँदा लाखौं धनमालको क्षती भएको पीडित बम बहादुर बोहराले बताउनुभयो। 

बुढिनन्दा नगरपालिकाले तत्कालीन आगलागी भएको घरपरिवारलाई थोरै भएपनि पालिका द्वारा प्रतिपरिवारलाई ३० हजार नगद रुपैयाँ सहयोग गरिएको बुढिनन्दा नगरपालिकाका बिपत फाेकल पर्सन धर्मराज पाध्यायले बताएका छन। आगलागीबाट क्षति भएका घरपरिवारलाई राहत लागि जिल्ला रेडक्रस बाजुरा लगायत सहयोगको लागि सम्बन्धि निकायलाई अनुरोध गरिएको छ।

कमेन्टहरु