देश

करिब चार दशकको इतिहास बोकेको पाल्पा तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द

जगत ठाडा मगर
२०७८ असार २५ | मध्यान्ह ०३:०३ बजे

पाल्पा । कोरोना भाइरस ‘कोभिड १९’ महामारीका बिच एकपछि अर्को चलचित्र हलहरु बन्द हुने क्रम जारी छन्।

काठमाडौंसहित मोफसलका विभिन्न जिल्लामा गरेर २ दर्जन हल बन्द भैसकेको अवस्था छ । यसैविच कोरोना महामारीकै बिच चार दशकको इतिहास बोकेको पाल्पाको एकमात्र चलचित्र हल सधैको लागि बन्द भएको छ ।

सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द गर्ने निणर्य गरिएको हो । वि.सं २०३८ सालमा यस चलचित्र हलको स्थापना गरिएको थियो । अब चलचित्र हल सधैका लागि बन्द गर्ने निणर्य गरिएको संचालक सन्तोष लिगलले जानकारी दिए ।

कमेन्टहरु