प्रहरी/सुरक्षा, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
दिउँसै मदिरा सेवन गरेर बस चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा


बाजुरा, मंसिर ०७। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दिउँसै मदिरा सेवन गरेर बस चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार दिउँसो सदरमुकाम मार्तडीबाट धनगढी जाँदै गरेको ना.७.ख ४९८८ नम्बरको बसमा प्रहरीले चेकजाँच गर्दा चालकले मदिरा सेवन गरेको भेटिएपछि नियन्त्रणमा लिएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गन्तव्य स्थानमा पुग्ने यात्रुहरु अलपत्रमा परेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराका अनुसार सो बस चालकलाई नियन्त्रणमा लिएसँगै अर्को चालकको व्यवस्था गरेर बस चलाउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ । हालसम्म कुनै पनि चालक नआउँदा आफूहरु समस्यामा परेको यात्रुहरुले गुनासो गरेका छन् ।पछिल्लो समय जिल्लामा चल्ने सवारी साधनमाथि ट्राफीक प्रहरीसँगै जिल्ला प्रहरी कार्यालयले चोकजाँचमा कडाई गर्दै आएको छ ।


















