देश

नवलपुरको बौलाहा खोला किनारमा एक पुरुषको शव फेला

जगत ठाडा मगर
२०७८ असार २५ | मध्यान्ह ०२:०३ बजे

कावासोती । नवलपुरको बौलाहा खोलामा एक पुरुषको शव फेला परेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेका प्रमुख धुव्र श्रेष्ठका अनुसार देवचुली नगरपालिका वडा नं १२ लक्ष्मीपुर नजिकैको बौलाहा खोलामा शव फेला परेको हो ।

देवचुली नगरपालिका वडा नं ३ केउरेनी बस्ने ३२ बर्षीय विजय भण्डारीको शव फेला परेको हो । खोलाबाट बगाएर ल्याएको दाउरा समात्न गएका भण्डारीको पानीमा डुबेर मृत्यु भएको हो । खोलामा शव देखेपछि स्थानीयले अस्थायी प्रहरीलाई खबर गरेका थिए ।

अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको छ ।

कमेन्टहरु