देश

नवलपुरको कावासोतीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग अझै खुलेन

जगत ठाडा मगर
२०७८ असार २५ | बिहान ०९:०३ बजे

कावासोती । नवलपुरको कावासोतीमा बाढीले पुर्याएको क्षतिका कारण बिहिवार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

डिभिजन वन कार्यालय कावासोती अगाडिको कलभर्ट बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । हाल सो स्थानमा ह्युमपाइप राखेर ग्राबेल गरेर मर्मतको काम भइरहेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

शुक्रवारबाट राजमार्ग सुचारु गराउने गरी काम भइरहेको उनले बताए । बाटो अवरुद्ध भएपछि सयौं गाडीहरु बीच बाटोमै रोकिएका छन् ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि डिभिजन वन कार्यालय नजिकबाट दक्षिणतर्फ रिठ्ठे पानी हुँदै लोकाहा पुल निस्किने घुमाउरो कच्ची बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

कमेन्टहरु