देश

चलचित्र निर्मात्री तथा अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या

जगत ठाडा मगर
२०७८ असार २५ | बिहान ०८:०३ बजे

काठमाडौ । चलचित्र निर्मात्री तथा अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, कुँवर आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर मृत अबस्थामा फेला परेकी हुन् ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । प्रहरीले यतिबेला अपार्टमेन्ट पुगेर घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट समेत भेटिएको छ ।

जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा नै लफडा समेत भएको थियो ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ जस्ता सुपेरहित चलचित्रमा काम गरेकी छिन् ।

उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

कमेन्टहरु