डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

नवलपुर टुडे
२०८१ मंसिर ४ | मध्यान्ह ०६:०८ बजे

डडेलधुरा । डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जिप लिप्नामा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जीप दुर्घटना २ महिलाको मृत्यु भएको हो। महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो।
दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ। घटनाको विवरण आउन बाँकी छ।
मृतक दुवै महिला रहेको स्थानीयले जनाए। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।























