देश

गरुडा नगरपालिकाका मेयर र अधिकृत बेरोजगार कार्यक्रमको कामदारसंग कमिसन माग्दै

जगत ठाडा मगर
२०७८ असार २५ | बिहान ०७:०३ बजे

चन्द्न पटेल
रौतहट । जिल्लाको गरुडा नगरपालिकालाई त्याहाका नगर प्रमुख ईनु राय यादव र नि प्रशासकिय अधिकृत मुस्ताक आलम मिलि नगरपालिकालाई भ्रष्टाचारको आडा बनाएको स्थानियहरुको भनाई छ।

नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तको समयमा योजनाका फाईल र भुक्तानी भएको कामहरुको स्थलगत निरिक्षण गर्दा ७५ प्रतिशत काम नक्ली भएको स्पष्ट हुन्छ भने स्थानियहरुको भनाई छ।

नगरपालिकाको स्थायी ईन्जिनियर पटक पटक हाजिर हुन आए पनि हाजिर नगराई योजनाको बजेट हिनामिना गर्नकोलागी आफ्नै नातागोताको ईन्जिनियर लाई करारमा भर्ना गरि नगर प्रमुख ईनु राय यादवले आफैले कार्य सम्पादन मुल्याकन तथा अनुगमन गरि योजनाहरुको भुक्तानी गरिरहेको छ। नगरपालिकामा आएको योजनाहरु नगर प्रमुख यादवले आफ्नो आसेपासे र नातागोतालाई दिएर योजनाको काम योजनाको अनुसार भयो कि भएन बिना निरिक्षण कै भुक्तानी गरिरहेको स्थानियहरुको भनाई छ।

photo 2021 07 09 07 06 58

नगरपालिकालको मिति २०७७/०३/२७ गतेको बैठकबाट रु दुई करोड साठी लाख रुपैया आकस्मिक कोष खडा गरे ता पनि आकास्मिक कोषको सम्पुर्ण रकम आर्थिक वर्ष २०७७/०७८ को अन्तिम असार मसान्त अर्थात असार मसान्तमा सडक मर्मतको नाममा खर्छ गरिरहेको छ। पछिलो आर्थिक वर्ष २०७६/०७७ मा मिति २०७७/०३/२७ गतेको कार्यपालिका बैठकबाट गरुडा नगरपालिकाको वडा नम्बर ५ अन्तर्गत लक्ष्मीपुर घाट स्थित झाझ नदिमा पुल निर्माणको लागि रु पैतिस लाख पेश्की रकम लिई अहिले सम्म पनि पुल निर्माण नगरेको स्थानियहरुको भनाई छ।

नगरपालिमा नगर प्रमुख रायले आफु जे चाहे त्यही हुन्छ भन्दै नगरपालिकाका विभिन्न शाखा र फाटमा आफ्नो नातागोतालाई करारमा भर्ना गराएकोले यस बारे गहन छानबिन हुनुपर्ने स्थानियहरुको माग छ। नगर प्रमुखले नगरपालिकाका सवारी साधन समेत आफ्नो निजि कामकाजमा प्रयोग गरिरहेको स्थानियहरुले बताएका छ्न। नगरपालिकाका प्रमुख यादवले नगरपालिकामा आएको योजनाहरु मात्र आफ्नै आसेपासे र नातागोताहरुलाई दिएर योजनाको काम राम्रो भयो कि भएन बिना निरिक्षण नै भुक्तानी दिरहेको र अरुले गराएको बिकास योजनाको बजेट मध्य १० प्रतिशत आफुलाई नदिए सम्म योजनाको भुक्तानी नै दिदै नौ भनी फरकाएको छ।

यति मात्र छैन नगरपालिका भित्र संचालन भएको बेरोजगारी कार्यक्रममा काम गरेका कमदारहरुको दिन्हु देहारीमा पनि १३% कमिसन मागेको एक कमदारको भनाई छ। नगरपालिकाको दुई वटा वाडका वडा अध्यक्षहरुको निधन पछि आफ्नो वाडमा किनै प्रक्रियाबाट हालको लागि कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी आफुहरुले छ्नोट गरेको वाड सद्स्यलाई नै दिई वडामा अवरुद्व भएको बिकास तथा कार्यलयको कामकाज संचालनमा ल्याउनकोलागी कुनै निर्णय नगरेकोले वडा अध्यक्ष बिहिन रहेको वडा नम्बर २ र ७ का वडा सद्स्यहरु अन्सनमा समेत बसेको र यसले पनि नगर प्रमुखले कुनै निर्णय गरेन भने आफुहरु यो भन्दा पनि ठूलो अन्सन गर्ने जनाएका छ्न।

विगत वर्ष नगरपालिकाका प्रमुख र नि प्राशासकिय अधिकृतले कोरोनाको नाममा ९ करोडको नकलि बिल भरपाई बनाएर नगरपालिकाका बजेट लुटमलुट मचाएको थियो। त्यो वर्ष जिल्ला भरी कै नगरपालिकाहरुले खर्चगरेको तुलनामा गरुडा नगरपालिकाले गरेको खर्च अरु नगरपलिकाको भन्दा १० गुना रहेको थियो।

कमेन्टहरु