काङ्ग्रेस र कम्युनिष्टको स्वार्थका कारण तीन बर्ष जेल जीवन बिताएका -डा.गोपाल गुरुङ आन्दोलित हुन पर्यो ।


काठमाडौ । अप्रिल 1990 मा नेपालमा तीस बर्षपछि नाम मात्रको बहुदल आएको हो । बहुदल ल्याउनको लागि मात्र कैयौं स्वदेशी तथा बिदेशी सहिद हुनुपर्यो । नेपालमा बहुदल ल्याउन स्वार्थको भुमिका खेल्न सक्ने राजनीतिक दलहरु नेपाली काङ्ग्रेस र कम्युनिष्टको अपरिपक्कता, अदुरदर्शिता, सिमित स्वार्थका कारणले आन्दोलन पनि अपुरा रहयो ।
बर्तमान अबस्थामा जे जस्तो रहेको छ, त्यसको श्रेय मानव अधिकार र लोक्तन्त्र ( Human Rights and Democracy ) चाहने मुलक भारतका परलोक बासी राजिव गान्धी र चन्द्रशेखर जस्ता नेतालाई जान्छ । त्यस्तै बहुदल आन्दोलनको फल एकै पटक दुईवटा राजद्रोही मुद्दामा पारिएर तीन बर्षको जेल जीवन बिताएका मंगोल पिता -डा.गोपाल गुरुङ दुई बर्ष पछि छुटन पायो ।
बहुदल आन्दोलन अपरिपक्क नेपाली काङ्ग्रेस र कम्युनिष्टहरुको सिमित स्वार्थका कारणले तीन बर्ष जेल जीवन बिताएका -डा.गोपाल गुरुङ आन्दोलित हुन पर्यो । शत्रु ज्युको त्युँ नै रहयो । बिदेशी आर्यले संबिधानमा अल्पसंख्यक बाहुन क्षेत्रीको हित र स्वार्थको पक्षमा बनाउन बहुसंख्यक मुलबासी मंगोललाई उहीँ दमन र शोषणमै सिमित राख्न सफल भयो । अनन्त युग पुरुष -डा.गोपाल गुरुङले नेपालको बहुसंख्यक मुलबासी मंगोलको हितमा नेपालको मुल कानुन नरहेको भन्दै संबिधान अराष्ट्रिय र सम्प्रदायिक नै भएको अन्तरराष्ट्रिय जगतलाई सन्देश दियो ।
बर्तमान संविधान बनाउदा पनि काङ्ग्रेस र कम्युनिष्टको पक्षबाट बहुसंख्यक आर्यहरुको प्रतिनिधित्व भएको थियो । संबिधानमा आर्य “शब्द” र हिन्दु राष्ट्र राखिएकोले यो संविधान सम्प्रदायिक र अराष्ट्रिय धर्म फेरि प्रत्येक नेपालीको शिरमा खुट्टा टेकेर बसेको छ । धर्मनिरपेक्ष राष्ट्रमा अरु धर्मलम्बिहरु माथी खबरदारी गरिएको छ । त्यसैमा नेपालका मुलबासी मंगोलहरु माथी षड्यन्त्रको थुप्रो छ ।
नेपालका बहुसंख्यक मुलबासी मंगोलहरु बिदेशमा वीर गोर्खाको नाममा अरुको निमित्त चिनाएको छ । अरु राष्ट्रको रक्षा गरेको छ । नेपालमा दिन डाहदै छिमेकी राष्ट्र भारतले देशको स्वाभिमान लुटिरहेक छ । अझै आफ्नो अस्तित्व र अधिकारको लागि बुझ्न सम्म चेष्टा गरिदैन ।
उहीँ दमन र शोषणकारी खस आर्यलाई नै राज्य सत्तामा पुर्याउने हनुमान जस्तै भएर बाहुन क्षेत्रीको निम्ति झोले बनेर हिडेको देख्दा धिक्कार लाग्छ ।
बंशजिय भेद्भाब र राजनितिक चलाएको नेपालमा हिन्दु आर्य भनिने कालो आर्य बाहुन क्षेत्रीहरुबाट मुलबासी मंगोललाई मास्ने र हर षड्यन्त्र गरि फसाउने र सखाप पार्ने भैरहेको छ । अझै भन्ने हो भने असली हिस्दुस्तानको नाममा पृथ्वीनारायण शाहले चलाएको बंशजिय राजनीतिलाई नेपालका मै हु भन्ने विद्वान, लेखक, राजनीतिज्ञ र इतिहासकारहरु डरले चटक्क बिर्सेर हिउँमा ठिहिर्याको र तातोले आत्था भएको स्थितिमा पुगेको जस्तो अनबिज्ञ प्रकट गर्दछ ।
बल्ल जीवनभर जनताको हकअधिकारको निम्ति छाती फुकाएर लड्ने गणेशमानले बुझे जस्तो गरेछ । एक पटक प्वाक्कै बोल्नु भयो, बाहुनवाद नै छ भनेर । तर एकाइशौं शताब्दीमा आएर अहिले सम्म नेपालका मुलबासी मंगोलले बुझ्न चेष्टा गरेन ।
यहि अबस्थामा -डा.गोपाल गुरुङले लेख्नु भएको नेपाली राजनितिमा अदेखा सचाई पुस्तक ( Hidden Facts in Nepali Politics ) पढेर धेरै मंगोलले मंगोल राष्ट्रबाद, माओवाद र बाहुनबादको बारेमा बुझ्ने क्रम जारी छ । तर बाहुनवाद, हिन्दुबाद र बर्णभेती नीति अन्त्यको लागि नेपालका बहुसंख्यक मुलबासी मंगोलले निर्णायक आन्दोलन नगरे सम्म नेपालका बहुसंख्यक मुलबासी मंगोलको अधिकार प्राप्ति सम्भब छैन ।























