भरुवा बन्दुकसहित शिकारी पक्राउ

जगत ठाडा मगर
२०७८ असार २४ | मध्यान्ह ०८:०३ बजे

बैतडी । पाटन नरपालिका वडा नं १ सरकार भन्ने जंगलबाट प्रहरीले २६ वर्षिय नारद भट्टराई र ३८ वर्षिय लक्ष्मण भट्टराईलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।
जंगलमा वन्य जन्तुको चोरी शिकारीमा लामो समयदेखि आवद्ध रहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पाटनबाट खटि गएको प्रहरी टोलीले बराईल रोटे भन्ने स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


















