पदको दुरुपयोग गर्दै अध्यक्ष अंसारी, निर्दोषलाई फसाउन षडयन्त्र गरेको आरोप


बारा, कात्तिक ३० । बिकास निर्माणको कार्यक्रम कम तर हैकम्वादी तरिकाले गाउँपालिका चलाउदै आएको अध्यक्ष मध्ये फेटा गाउँपालिकाको अध्यक्ष फेरी बिवादमा परेका समाचार प्राप्तमा आएको छ । पद र पावरको दुरुपयोग गर्दै आम सर्वसधारण नागरिकलाई फसाउन खोजेपछि फेटा गाउँपालिकाको अध्यक्ष रुस्तम अंसारी फेरी बिवादमा मुछिएका हुन ।
हिन्दुहरुको महान पर्ब छठ पर्बको सझिया घाटमा तरकारीको बिषयलाई लिएर सर्वसधारणलाई सास्ती दिन खोजेपछि बिवाद उत्पन्न भएको स्थानीयहरु बताउँछन् । फेटा गाउँपालिका वडा नम्बर ३ को बजारमा स्थानीय अनिल नामक व्यक्तिले तरकारी खरिद गर्न जादा तरकारी महंगो मुल्यमा बिक्रि गरेको भने पश्चात भनाभनको अवस्था आएको प्रत्यक्षदर्शीले बताए । तर भनाभन हुने क्रममा फेटा गाउँपालिकाको अध्यक्ष अंसारीले गाउँपालिकाबाट परिचालन गरेको गाउँ प्रहरी लगाएर दुव्र्यवहार समेत गर्नबाट पछि हटेन्न ।
गाउँका प्रहरीको बदमासी बारे जानकारी दिन स्थानीय अनिलले अध्यक्ष अंसारीलाई फोन गरेर गुनासो सुनाउदा उल्टै अध्यक्षले तिमिलाई कति दिनदेखी वाच गरिरहेको र तलाई लाइनमा ल्याउन पाँच मिनेट पनि नलाग्नेसम्मको धम्की समेत दिएको स्थानीयहरु बताउँछन् । स्थानीयले जनाए अनुसार अध्यक्ष जस्तो पदमा बसिसकेपछि बोल्ने शैली समेत गुमाई सकेका अंसारीले स्थानीय जनता माथि दमन गर्न खोजेको आरोप लगाएका छन । स्थानीय युवादेखी बृद्धसम्म बसेको बैठकमा अध्यक्ष अंसारी अनुपस्थित भई प्रहरीको दम्भ हेराउन जिल्ला प्रहरी कार्यालयमा पुगेको स्थानीयहरु बताउँछन् ।
अध्यक्ष पदको लाज समेत राख्न नसकेका अध्यक्ष अंसारीले बारा प्रहरी जसरी भनेपनि आफ्नो पक्षमा उभिने दम्भ देखाउदै जिल्ला प्रहरी कार्यालय बारामा उल्टै पिडित माथि नै मुद्दा दिएको बारे प्रहरीहरु नै बताउँछन् । यहा पिडित भनिएका अनिललाई जसरी पनि थुनिदेने भन्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुखलाई समेत दवाब आउने गरेको प्रहरी श्रोतले बताए। नेपाली कांग्रेसको महा हस्ती समेत बुझिने एक राजनीतिकर्मीले अध्यक्ष अंसारीको पक्षपाति गर्दै थुन्न दवाब समेत दिएको खुल्न आएको छ । यस बिषयमा आइतवार दुबै पक्ष अर्थात अध्यक्ष र पिडित बिच जिल्ला प्रहरी कार्यालय बारामा बैठक हुने स्थानीयहरु बताउँछन् ।























