स्वामीकार्तिक उपाध्यक्ष पदमा काङ्ग्रेसबाट पुल्तीसरा शाही उमेदवार

उमेश रोकाया
२०८१ कार्तिक २९ | मध्यान्ह १२:०७ बजे

बाजुरा, कार्तिक २९। नेपाली कांग्रेस बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले बताएका छन् । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् ।
त्यस्तै नेकपा एमाले बाजुराले यस अघि नै उपाध्यक्षमा सर्वसम्मत रुपमा सुलोचना बुढालाई उम्मेदवार बनाइसकेको छ भने नेकपा माओवादी केन्द्रले पनि राजुकुमारी बिकलाई आधिकारीक उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एसले भने उम्मेदवार छनोट गर्न सकेको छैन् । २०७९ मा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको गत माघमा निधन भएकाले उक्त पालिकामा उपनिर्वाचन हुन लागेको हो ।























