देश

सर्बोच्चको आदेशपछि वाणिज्य बैंकको लिखित परीक्षा रद्ध

जगत ठाडा मगर
२०७८ असार २४ | बिहान ०९:०३ बजे

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल काठमाडौंका अध्यक्ष हेमराज सुवेदीसमेतले सर्वोच्चमा हालेको रिट उपर सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।

असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको आज गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ।

कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको व्यहोराको आदेश २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको थियो त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको जनाएको छ ।

कमेन्टहरु