देश

‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जाँदै

जगत ठाडा मगर
२०७८ असार २४ | बिहान ०९:०३ बजे

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस कोभिड १९ विरुद्धको ‘भेरोसेल’ खोप ल्याउन नेपाल वायु सेवा निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ पठाउँदै छ ।

बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्याउने छ । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।

कमेन्टहरु