राैतहटमा अबैध लत्ताकपडा बरामद

अशोक यादव
२०८१ कार्तिक २७ | बिहान ०९:०७ बजे

राैतहट । राैतहट जिल्ला प्रहरीलेले अबैध लत्ताकपडा समातेका छन । राैतहट जिल्ला प्रहरीको गस्ती टाेलिले जिल्लाका विभिन्न ठाउँबाट अबैध लत्ताकपडा समातेका छन ।
जिल्ला प्रहरीगस्ती टाेलिका समुहले जिल्लाका विभिन्न नाकामा चेकजाँच गर्न क्रममा अबैधरूपमा भारतबाट लुकाई छुपाई लियाउदै गरेकाे १ लाख ७६ हजार बराबरको लत्ताकपडा बरामद गरेका छन ।
बरामद गरेका लत्ताकपडालाई जिल्ला भनसार कार्यालय राैतहटमा कार्बाहीका लागि पठाएको प्रहरी प्रवक्ता डिएसपी दिपक रायले जानकारी गराएका छन ।























